ad ad

राजनीति


आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : डा. कोइराला

आलु प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : डा. कोइराला

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८० सोमबार २०:१५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु प्याजमा लगाएको कर सुधार गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७औंँ महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोईरालाले यस्तो बताएका हुन्। 

उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु,प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए। उनले जुनैसुकै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभए महँगो हुने दाबी समेत गरे।

अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको उनले बताए।

उनले सत्तापक्षका सांसदहरुले नै आफ्ना मागहरु सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्थामा कांग्रेस कसरी अगाडि बढ्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए। 

नेता कोइरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउने विषयको पनि विरोध गरे।

उनले सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउदाँ कसरी निर्वाचन स्वच्छता र निश्पक्ष हुन्छ सरकारले बुझाउन आग्रह गरे।

‘अहिले देशको कुरा गर्दा देशले बाटो बिराएको हो की भन्ने आभास हुन्छ। लोकतन्त्र भन्ने बित्तिकै जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहिन्ताको अन्त्य भएन भने लोकतन्त्र सुदृढ हुन सक्दैन,’ कोइरालाले भने, ‘हामी लोकतन्त्रका कुरा गर्छौं। नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो भनेर भनि रहेका छौं। तर यो कुरामा खरो भएर नेपाली कांग्रेस उत्रन सकेन भने लोकतन्त्र सुदृढ हुन सक्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .