ad ad

राजनीति


सीमानाको सुरक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री

सीमानाको सुरक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री

नेपालखबर
असार ८, २०८० शुक्रबार १६:२१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले सीमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताएका छन्। 

शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन्। 

उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रिय हीतको रक्षाको लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताए। ्

उनले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको पनि बताए। 

त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनले उल्लेख गरे। 

‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रिय हीतको रक्षाको लागि सरकार सम्वेदनशील र निरन्तर प्रयत्नशील रहेको जानकारी म गराउन चाहन्छु। यसै सन्दर्भमा अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने र बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ,’ उनले भने। 

स्रोत, साधन र जनशक्तिको व्यवस्था पनि गरिएको उनले बताए।

‘हालसम्म स्थापना भएका २५० बोर्डर आउटपोष्टहरु मध्ये १२८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९÷८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन्। र यो विषयमा सरकार गम्भिर रहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा राष्ट्रिय एकता हाम्रो पहिले नै बोर्डरको विषयमा, नेपालको राष्ट्रिय स्वतन्त्रताको विषय, सार्वभौमसत्ताको विषय, भौगोलिक अखण्डताको विषय र सीमानाको सुरक्षाको विषयमा एउटा वृहत्तर राष्ट्रिय एकता नेपालमा भएको कुरा सम्मानीत सदनमा नै धेरैचोटी प्रमाणित भएको तथ्य म स्पष्ट गर्न चाहन्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .