नेकपा (एमाले) का सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सिमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन्।
उनले पुराना हतियारहरुलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताए। पूर्वमन्त्रीसमेत रहेका महासेठले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताए।
नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवर्द्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्नेतर्फ परिचालन गर्नुपर्ने उनको मत थियो।
‘नेपाली सेनालाई आधुनिकीकरण गर्नुपर्छ। सेनासँग सम्बन्धित उद्योग, व्यापारबाहेक अरु उद्योग व्यापारमा लगाउनु हुँदैन। पच्चिसौँ, पचासौँ वर्ष पुराना हतियारहरुलाई डम्पिङ गर्दै आधुनिकीकरण गर्न उहाँहरुलाई हतियारतिर पनि सरकारले ध्यान दिनुपर्छ, सिमाना दिनप्रतिदिन मिचिएको छ’, उनले भने, ‘पहिला त्यस्तो स्थिति थिएन। आज हामीले जसलाई जिम्मा लगाएका छौँ, नापीका हाकिमहरु जाँदा नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ भोलिपल्ट उठ्दा त अरु देशमा बसेको थाहा पाउनुहुन्छ। हिजो मैले के, कसरी सही गरेँ उहाँहरुलाई थाहा हुँदैन।’
पहिला, पहिला सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो। त्यसैले यो सरकारले पुनः यसमाथि विचार गरोस्’, उनले भने।
Shares
प्रतिक्रिया