ad ad

राजनीति


सरकार धेरै दिन टिक्दैन, एमालेलाई कांग्रेसको माया लागेको छ : बर्तौला

सरकार धेरै दिन टिक्दैन, एमालेलाई कांग्रेसको माया लागेको छ : बर्तौला

फाइल फोटो


नेपालखबर
असार ८, २०८० शुक्रबार १८:६, काठमाडौँ

नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताएका छन्।

शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको दाबी गरेका हुन्। उनले वर्तमान सरकार जनादेशअनुसार नबनेको बताए।

उनले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवद्र्धन गर्न समेत नसकेको बताए। उनले मुलुकको विकास, सुशासन र समृद्धिको पथमा हिडाउन सामथ्र्य योग्यता प्रदर्शन गर्न नसकेको बताए।

उनले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर,कमजोर बनेको आरोप लगाए। उनले अब वर्तमान सरकारको विकल्प आवश्यक देखिएको बताए।

वर्तमान सरकार एमाललेलाई पाँच वर्ष टिकोस् भन्ने भएपनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताए। उनले जनताको जनादेश अनुसार सरकार बनाउँदा स्थिर सरकार बनाउन सक्छ भन्ने एमालेको धारणा रहेको बताए।

उनले वर्तमान सरकारका अन्तरबिरोध, असमझदारी र सत्ता गठबन्धन दलका बीचमा अविश्वासले आक्रान्त भएको बताए। उनले नेकपा एमालेले सरकार ढाल्ने काममा नलाग्ने बताए।

उनले सरकारको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरेपनि नयाँ गुट सिर्जना गरेको आरोप लगाए। उनले एमालेलाई नेपाली कांगे्रसको माया लागेको पनि बताए।

उनले भने, ‘सरकारको नेतृत्व पुष्पकमल दाहालले प्रधानमन्त्री हुनुहुन्छ। सबै गठबन्धनको नेतृत्व गरिराख्नुभएको छ। त्यो भित्र उहाँले नयाँ गुट सिर्जना गर्नुभयो। कांगे्रसलाई मार हान्नको लागि हतियार उदाउनु भयो। एमाललेलाई माया कांग्रेसप्रति छ। कांगे्रस भरोसा गरेर जनताले पहिलो बनायो। ८९ सिटमा संसदमा पठाएको छ। ३२ सिटलाई प्रधानमन्त्री स्वीकार गरेर ८ वटा मन्त्रालयमा चित्त बुझाउँदा पनि प्रधानमन्त्रीले हतियार साँध लगाई रहनुभएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .