ad ad

राजनीति


भीआईपीका संस्कारले गणतन्त्रप्रति वितृष्णा बढ्यो, अन्त्य गरौँ : सांसद सिंह

भीआईपीका संस्कारले गणतन्त्रप्रति वितृष्णा बढ्यो, अन्त्य गरौँ : सांसद सिंह

नेपालखबर
असार १०, २०८० आइतबार ११:१४, काठमाडौँ

प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले भीआईपी संस्कृतिक अन्त्य हुनुपर्ने बताएका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा भीआईपी संस्कृतिकै कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढेको बताउँदै उनले पद सिर्जना गरेर राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

अहिले धेरै राजनीतिक पद सिर्जना गरी राज्यको सम्पत्ति दोहन भएको उनको भनाइ थियो।

'पद क्रेट गरेर महँगो गाडी किन्ने, त्यत्रो गाडीको अगाडि सेना, प्रहरी, सशस्त्र राख्ने भीआईपी कल्चर अन्त्य हुनुपर्‍यो,' उनले भने, 'किनभने यही भीआईपी कल्चरका कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको छ।'

यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रूपमा पालिएको बताएका छन्।

गणतन्त्रमा जनता प्रधान हुनुपर्नेमा राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को राजा बनाइएको बताए। जसकारण जनतामा वितृष्णा उत्पन्न भएको उनको भनाइ थियो।

'चुनावअघिसम्म सामान्य मान्छे, चुनावपछि भीआईपी सुरक्षा दिएर, जनतालाई भेट्नै नदिई अर्को राजा बनाउने गरिएको छ,' उनले भने, 'हाम्रो देशमा त्यस्तो सुरक्षा थ्रेट छैन। हजराौँ सुरक्षा खटाइदिने, मूर्ति बनाएर राखिदिने भयो।'अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्षता ग्रहण गर्ने अभ्यास पनि रहेको बताउँदै उनले संविधान संशोधन गरी उपराष्ट्रपतिलाई राष्ट्रियसभाको जिम्मेवारी दिनुपर्ने पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .