ad ad

राजनीति


नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : केपी ओली

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छ : केपी ओली

नेपालखबर
असार १०, २०८० आइतबार १६:४४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उनले नेकपा विभाजनका कारणको विश्लेषण गर्दा भविष्यलाई राम्रो हुने बताए।

नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए।

‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन। त्यसका पछाडिका कारणहरु के थिए, उद्देश्यहरु के थिए। किन विभाजन भयो? किन गरियो?,’ ओलीले प्रश्न गर्दै भने। 

उनले पार्टी किन विभाजनसम्म पुग्यो? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको पनि बताए। 

‘कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो? यी कुराहरु अलिकति आउनुपर्छ। विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी? केका लागि विभाजन भयो? के उद्देश्य थियो? त्यसमा आन्तरिक कारण कति थियो?’, ओलीले भने, ‘वाह्य कारण कति थियो? स्वचालित कति थियो? परचालित कति थियो? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हीतका लागि गर्‍यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ।’

नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित के थियो? त्यसको विश्लेषण जरुरी रहेको पनि ओलीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .