ad ad

राजनीति


कांग्रेस र एमाले मिलेर सरकार बन्ने कुरामा विश्वास छैन : रास्वपा सांसद परियार

कांग्रेस र एमाले मिलेर सरकार बन्ने कुरामा विश्वास छैन : रास्वपा सांसद परियार

नेपालखबर
असार १०, २०८० आइतबार १९:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।

आइतबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले बजेट कर्मकाण्डी आएको बताए।

उनले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

‘बजेट कर्मकाण्डी आएको छ। अर्को पटक यस्तो आउने छैन। हामीले त्यसको तयारी गरिरहेका छौँ। यसका सैद्धान्तिक छलफलदेखि यसका नीति तथा कार्यक्रमदेखि लिएर सारा कुरालाई रि फ्रेम गर्नुपर्छ,’ सांसद परियारले भने।

बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने उनको बुझाई छ। उनले संसदमा पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको पनि बताए।

‘हामी जुन लोकतान्त्रिक व्यवस्थामा छौँ, त्यो व्यवस्थामा सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ। बजेटकै कारण अहिलेको सरकार यताउति हुनेकुरा हामीलाई थाहा छैन,’ उनले भने, ‘रास्वपा स्थायी सरकारको पक्षमा छ। हामी देश र जनताको मुद्दा उठाइरहने तर सरकारले वास्ता नगर्ने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ। कांग्रेस र एमाले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँछन् भन्ने लाग्दैन।’

रास्वपा स्थायी सरकारको पक्षमा रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .