ad ad

राजनीति


शशांक भन्छन् : कांग्रेस र एमाले मिलेर सरकार बनाउने सुनेँ

शशांक भन्छन् : कांग्रेस र एमाले मिलेर सरकार बनाउने सुनेँ

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार १७:५१, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमालेसँग नयाँ सरकार बनाउने कुरा सुनिरहेको बताएका छन्। 

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कोइरालाले कांग्रेस र एमालेको सरकार बनाउने कुरा सुने पनि नेतृत्वसँग छलफल भइनसकेको खुलाए। 

उनले नयाँ सत्ता समीकरणबारे पार्टी सभापति शेरबहादुर देउवासँग भेटेपछि मात्रै यथार्थ थाहा हुने पनि उल्लेख गरे। 

कोइरालाले सभापतिमा देउवा हुन्जेल कांग्रेसबाट अरु प्रधानमन्त्री हुन नसक्ने पनि दाबी गरे। 

कोइरालाले कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा लड्ने पनि बताए। उनले सभापतिमा उठ्नुपहिले कार्यकर्ताहरूको आग्रह सुन्ने पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .