ad ad

राजनीति


अहिलेसम्म बजेटका पक्षमा मत नदिनेमै छौँ, बैठक बसेर निर्णय गर्छौं– सीके राउत

अहिलेसम्म बजेटका पक्षमा मत नदिनेमै छौँ, बैठक बसेर निर्णय गर्छौं– सीके राउत

नेपालखबर
असार १३, २०८० बुधबार ९:१२, काठमाडौँ

जनमत पार्टीले बजेट पासको विषयमा ‘पर्ख र हेर’को रणनीति लिएको छ।

मधेश प्रदेशका लागि विनियोजित बजेटप्रति असन्तुष्ट जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेसम्म बजेटका विपक्षमा मत दिने तयारी रहेको बताए। 

यसबारे प्रधानमन्त्री प्रचण्डसँग कुरा भएको उनले नेपालखबरलाई जानकारी दिए। प्रधानमन्त्रीले जनाएको प्रतिबद्धता दलको बैठकमा राखेर निर्णय गरिने उनको भनाइ छ।

‘प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभयो तर ठोस आएन। अहिलेसम्म बजेट पासको पक्षमा मत नदिने भन्नेमै छौँ, दलको बैठक बसेर निर्णय गर्छौं। (बिहान) ११ बजेका लागि दलको बैठक बोलाएका छौँ’, राउतले नेपालखबरसँग भने।

त्यसो त सरकारले आजै बिहान ११ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा बजेट पारितको प्रक्रिया अघि बढाउँदै छ। 

जनमतसँग ६ सांसद छन्। जनमतले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .