ad ad

राजनीति


कोशीमा विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की, मतविभाजनबाट निर्णय

कोशीमा विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की, मतविभाजनबाट निर्णय

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८० शुक्रबार १२:५८, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन मागेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि सभामुख बाबुराम गौतमले मतविभाजन प्रक्रिया अघि बढाएका छन्। 

प्रदेशसभाको बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले गति लिएको भन्दै कांग्रेस र माओवादीसहितका दलहरुसँग पनि साथ मागे।

उनले आफू सहमतिको सरकार बनाउन पनि तयार रहेको बताउँदै त्यसका लागि अन्य दलहरु तयार हुनुपर्नेमा जोड दिए। 

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबारदेखि प्रदेशसभाको बैठक बसिरहेको छ। मुख्यमन्त्री कार्कीले बिहीबार नै विश्वासको मत लिने तयारी थियो। तर अबेर राति बैठक स्थगित भएको थियो।

बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा सांसदहरुको प्रश्नको जवाफ दिए। उनले आफ्ना भनाइ राखेपछि सभामुख गौतमले मत विभाजन प्रक्रिया सुरु गरेका छन्।

कार्कीले अर्को सरकार गठन हुने सम्भावना नरहेको बताउँदै विधि, पद्धति र संवैधानिक व्यवस्थालाई ख्याल गर्न विपक्षीलाई आग्रह गरे।

कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु राम्रो संकेत नभएको बताउँदै मिलेर जान आग्रह गरे।

यसअघि पुस १० गते बनेको गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा थिए। त्यहीकारण उनले विश्वासको मत लिन लागेका हुन्। 

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

कार्कीलाई विश्वासको मत दिने पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। निर्णायक रहेको जसपा सांसद नै बैठकमा उपस्थित छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .