ad ad

राजनीति


उपसभामुखको गुनासो- पुरुषसरह संसदमा महिलाले समय पाउन सकेनन्

उपसभामुखको गुनासो- पुरुषसरह संसदमा महिलाले समय पाउन सकेनन्

नेपालखबर
असार १५, २०८० शुक्रबार १७:२६, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले पुरुषसरह संसदमा महिलाले समय नपाएको गुनासो गरेकी छिन्।

शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

‘संविधानले नै राज्यको हरेक तह र संरचनाहरुमा महिला सहभागिता सुनिश्चित गरेको छ। तर त्यसको भूमिका प्रभावकारी छैन। कार्यकारी पदमा पुग्नलाई महिलाहरुलाई अझै पनि धेरै बाधा, अवरोध रहेका छन्,’ उनले भनिन्, ‘कार्यकारी पदमा महिला सहभागिता सुनिश्चित गर्न अब कानूनी रुपमै केही व्यवस्था गर्नुपर्छ। महिला सांसदहरुले आफ्नो भुमिका आफैँ खोज्नुपर्छ।’

उनले पार्टीका प्रमुख सचेतकहरुले महिला सांसदहरुको समय कम गरेर दिने गरेको भन्दै उनले यस कार्यमा पार्टीबिरुद्ध आवाज उठाउन सक्नुपर्ने बताइन्। संविधानले नै राज्यको हरेक तह र संरचनाहरुमा महिला सहभागिता सुनिश्चित गरेको भएपनि सो अनुसारको प्रभावकारी भुमिका नरहेको उनले बताइन्।

‘संसदमा आफ्नो सक्रिय उपस्थिति देखाउन सभामुख, अध्यक्ष, सचेतकसँग समय मागेर नियमित रुपमा आकस्मिक र शुन्य समयमा बोल्ने गर्नुस्। प्रमुख सचेतकले समय दिनुभएन भने आकस्मिक समय माग्नुस्। समय संसदमा पुरुष मान्यज्युहरुले धेरै पाइरहनुभएको छ, सत्यको अघि म स्टन लिने मान्छे हो डराउँदिन,’ उनले भनिन्।

उनले कार्यकारी पदमा पुग्नलाई महिलाहरुलाई अभैm पनि धेरै बाधा रहेको बताउँदै कार्यकारी पदमा महिला सहभागिता सुनिश्चित गर्न अब कानूनी रुपमै व्यवस्था गर्नुपर्ने बताइन्।

‘प्रमुख सचेतकले समय परिवर्तन गरेर दिइरहेको हुन्छ, त्यो कुरामा पार्टीभित्र जुध्नुपर्छ। पार्टीमा कति समय, मौका, अवसर पाउनुभएको छ भनेर त्यसको बिरोध तपाईहरुले गर्नुपर्छ,’ उनले भनिन्।

उपसभामुख रानाले शुन्य समयमा बोल्न नपाए आकस्मिक समय लिएर बोल्न महिला सांसदहरुलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .