ad ad

राजनीति


महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको छ : मन्त्री गुरुङ (भिडिओ)

महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको छ : मन्त्री गुरुङ (भिडिओ)

नेपालखबर
असार १५, २०८० शुक्रबार १८:२९, काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताएका छन्।

शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला सांसदहरुले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए।

‘महिला माननीय ज्युहरुको भूमिकाले संसद तिखारिँदै गएको छ। अझै पनि उहाँहरुको भूमिकाले तिखारिँदै जानेछ जस्तो मलाई लाग्छ। कहिले काहीँ हामीले बोल्दा पछि पश्चताप लाग्छ, छेउ न टुप्पोको कुरा बोलेँ की जस्तो मलाई पनि लाग्छ, पश्चताप हुन्छ,’ गुरुङले भने, ‘तर महिला दिदिबहीनीहरुले राम्रो कुरा बोल्नु हुन्छ। गम्भीर कुरा गर्नुहुन्छ, मेहनत गरेर बोल्नुहुन्छ।’

उनले महिलाहरुले विषयको गम्भीरतालाइ बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे। उनले पुरुष सांसदहरुले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसदको गरिमा बढ्ने बताए।

‘हामी खासै मेहनत गर्दैनौँ, जसले कहिलेकाहीँ छेउ टुप्पो मिल्दैन। हामीले बालेको कुरा कति प्रचार हुन्छ त्यो महत्वपूर्ण होइन, हामीले बोलेको कुराले संसदको गरिमा कति बढ्छ त्यो महत्वपूर्ण हुन्छ,’ उनले भने।

मन्त्री गुरुङले संसदमा बोल्दै गदौ विषयान्तर बढी हुने प्रवृत्ति पनि बढीरहेको बताए। उनले आफू संसदमा तेस्रो पटक आएपनि आफू संसदको विद्यार्थी रहेको बताए।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .