प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउनेगरी भूमिका निर्वाह गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
संसद जन अपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भईरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक दलहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।
६५औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद जनप्रतिनिधिहरूको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउने विषयमा पूर्व संसद क्लवभित्र छलफल गर्न उपयुक्त हुने धारणा समेत राखे।
‘मलाई लाग्छ–संसद प्रभावकारी हुनुपर्छ। यसमा कुनै बहस र विवादको विषय छैन। प्रभावकारी कति हुँदा हुन्छ? यसको मापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला,’ सभामुख घिमिरेले भने, छतर जे भएपनि जनअपेक्षा अनुरुपको हुन नसकिरहेको छैन भन्ने आम अनभूतिहरु छ जस्तो मलाई पनि लाग्दछ। यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक दलहरूको भूमिका प्रभावकारी हुन्छ।’
राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने सभामुख घिमिरेको भनाई थियो।
‘पार्टीहरूमार्फत् नै जनताले विश्वास दिनु भएको छ। र, त्यो विश्वासको प्रतिनिधिको रुपबाट माननीय सांसदज्यूहरू आएर यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ। अब संविधाननै अहिले राष्ट्रलाई अघि लैजानका लागि वर्तमान संविधानका केही पक्षहरु अथवा संविधाननै खोटपूर्ण छ,’ उनले भने, ‘बाधक छ, समस्याग्रस्त छ कि हाम्रा आचारविचारहरू, हाम्रा व्यवहारहरू त्यस्ता छन? खास गरिकन हामी यो संघीय संसद नै त्यसका लागि कमजोर छ भने त्यसलाई दह्रो बनाउनका लागि के गर्ने?’
संघीय संसद सर्वोपरी संस्था रहेको बताउँदै उनले अहिलेको आवश्यक्ता र खाँचो अनुसार काम गर्न सकिरहेको छै कि छैन? भन्दै प्रश्न गरे। उनले अघि थपे, ‘छैन भने कानुनको अभाव छ भने कानुन बनाऊ। कार्यान्वयनको अभाव छ भने सरकार वा अन्य अंगहरुलाई याक्टिभ बनाउने काम गरौं। संविधान नै बाधक छ भने पनि यसको बारेमा छलफल चलाउन पूर्व सांसद क्लब उपयुक्त हुन्छ।’
सभामुख घिमिरेले ऐन, कानुनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरुलाई क्रियाशील बनाउने काममा पनि पूर्व सांसद क्लवले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
Shares
प्रतिक्रिया