ad ad

राजनीति


नयाँ दलबारे प्रधानमन्त्री : विचार र सिद्धान्त केही छैन, सामाजिक सञ्जालमा गाली गरे पुग्ने रहेछ

नयाँ दलबारे प्रधानमन्त्री : विचार र सिद्धान्त केही छैन, सामाजिक सञ्जालमा गाली गरे पुग्ने रहेछ

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार १८, २०८० सोमबार १२:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलहरु विचार र सिद्धान्तबिना नै उदाएको बताएका छन्।

जीपी कोइराला मेमोरियल कलेजको १२ औँ वार्षिक उत्सव तथा गिरिजा प्रसाद कोइरालाको सतवार्षिकी समारोहलाई सोमबार काठमाडौंको चाबहिलमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नयाँ दलबारे टिप्पणी गरेका हुन्। 

उनले आफूहरुको कयौँ वर्षको बलिदानी र त्यागका कारण अहिलेको व्यवस्था सम्भव भएको पनि बताए।

‘यो परिवर्तन रातारात, आवेगमा, अचनाक र भावावेषमा पनि आएको होइन’, उनले भने, ‘यो त शान्तिपूर्ण र सशस्त्र संघर्षको सम्मिश्रणबाट आ‌एको हो। यो व्यवस्था ल्याउन आमनेपालीले धेरै मिहिनेत, संघर्ष र बलिादन गर्नुपरेको छ।’

तर अनेक संघर्ष र आन्दोलनबाट आएको यो व्यवस्थालाई विचार र सिद्धान्तबिनाका नयाँ दलहरुले चुनौती दिन थालेको उनले बताए। 

‘अहिले विचारको आवश्यकता पनि महसुस नगर्ने, सिद्धान्त र राजनीति पनि नचाहिने रहेछ’, उनले भने, ‘एजेन्डामा केन्द्रित पनि नहुनुपर्ने रहेछ। सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखिएको छ। हामीले आफ्नो आत्मसमीक्षा गरेर राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने यो व्यवस्था नै जोखिममा पर्न सक्छ।’

उनले आफूहरुको भन्दा राम्रो विचार लिएर कोही आएमा छाड्न तयार रहेको बताए। 

‘हाम्रोभन्दा तपस्या गरेर, संघर्ष गरेर विचार र सिद्धान्त भएका दलहरु आउँदा हामी स्वागत गर्छौँ’, उनले भने, ‘हाम्रोभन्दा राम्रो एजेन्डा लिएर आउने हो भने तिनीहरुलाई छाड्न केही गाह्रो छैन।’ 

प्रचण्डले त्यस्तो स्थिति नभएको बताए। ‘हामीले अलिकति हेलचेक्राइँ गर्ने हो भने अहिले चलिरहेको विश्वव्यापीकरणबीच देशभित्रै चलेका अराजकताले देशकै भाग्य र भविष्य दुर्घटनामा पर्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .