ad ad

राजनीति


धनगढी पुगेर रविले भने : म गृहमन्त्रीबाट हटेपछि निर्मला प्रकरण सेलायो

धनगढी पुगेर रविले भने : म गृहमन्त्रीबाट हटेपछि निर्मला प्रकरण सेलायो

नेपालखबर
असार १९, २०८० मंगलबार १४:३८, कञ्चनपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको अनुसन्धान सेलाउँदै गएको बताएका छन्।

मंगलबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै लामिछानेले आफू गृहमन्त्रीबाट हटेपछि निर्मला हत्या प्रकरणको अनुसन्धान सेलाएको टिप्पणी गरे।

‘निर्मला हत्याको अनुसन्धानलाई अझ प्राथमिकताका साथ हेर्नुपर्यो, थप अनुसन्धान गर्नुपर्यो भनेर पहिलो निर्णय गरेको थिएँ, त्यसपछि कामहरु हुन थालेका थिए,’ उनले भने, ‘तर अहिले यो केस सेलाएको छ, सेलाउन हुँदैन, सेलाउन दिइँदैन।’

अपराधी खुलमखुला हिँड्नु समाजका लागि दुःखद् भएको उनले बताए।

‘अपराधी कोहो थाहा छैन, जो भए पनि यहीँ समाजमै कहिँ कतै होला, पत्ता नलागेको मात्रै हो,’ उनले भने, ‘यसरी अपराधी खुलमखुला हुनु समाजका लागि दुःखद् कुरा हो।’

निर्मला प्रकरणलाई गम्भिरताका साथ लिन उनले सरकारलाई आग्रह गरे।

‘यसलाई सरकार र प्रहरीले गम्भिरताका  साथ लिनेछ भन्ने अपेक्षा अझै पनि गरेको छु,’ उनले भने, ‘यो एउटा व्यक्तिको मुद्दा होइन, देशको मुद्दा हो।’

पूर्वगृहमन्त्री समेत रहेका लामिछाने संगठन विस्तारका लागि सुदूरपश्चिम आएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .