ad ad

राजनीति


एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

नेपालखबर
असार २३, २०८० शनिबार १८:५९, काठमाडौँ

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन्। 

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन्। 

एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टिकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दाबी थियो। 

पाध्यक्ष पाण्डेले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए।

‘गठबन्धनमा सरकारका सामेल भएका सबै दलहरू बालुवाटारमा अस्तीनै बसेको बैठकमा उपस्थिति थियौं। राजीनामा गर्नुपर्दैन। एक त एमालेले असंसदीय, गैर संसदीय व्यवहार देखायो। प्रधानमन्त्रीको राजीनामाको प्रश्न थियो भने पनि उहाँहरुले बोल्नुपथ्र्यो,’ पाण्डेले भने, ‘संसदमा माग गर्ने विषय हुन्थ्यो। र, राजीनामा लिएर आऊ भन्ने कुरा हुँदैन। संसदमा उहाँहरुले कुरा उठाउन सक्नु हुन्थ्यो। के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरीफिकेशन माग्न सकिन्थ्यो। तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो। मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा। यो गलत काम हो।’

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .