ad ad

राजनीति


बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन : दीनानाथ

बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन : दीनानाथ

नेपालखबर
असार २४, २०८० आइतबार १७:९, काठमाडौँ

पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

ललिता निवास प्रकरणसम्बन्धी समाचारमा आफ्नो नाम जोडिएपछि शर्माले आइतबार विज्ञप्ति प्रकाशित गरी आफू सो सम्बन्धी निर्णय प्रक्रियामा कहिँ कतै नजोडिएको बताएका हुन्।

‘म २०६८–२०६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषदमा बसेर करिब पन्ध्र महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको थिएँ । म जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत काम कारबाही र निर्णय प्रक्रियामा मेरो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पार्न चाहन्छु’ उनले लेखेका छन्।

साथै शर्माले सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले अनर्गल दुष्प्रचार र भ्रम फैलाएको दाबी पनि गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .