ad ad

राजनीति


प्रचण्ड र देउवासँगको छलफलपछि बानेश्वरमा एमाले संसदीय दलको बैठक

प्रचण्ड र देउवासँगको छलफलपछि बानेश्वरमा एमाले संसदीय दलको बैठक

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८० सोमबार १४:३७, काठमाडौँ

प्रतिनिधिसभा बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि एमाले संसदीय दलको बैठक बसेको हो। 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो।

संसद अवरोधका विषयमा छलफल गर्न दलको बैठक सुरु भएको एमाले सांसद सुनिता बरालले नेपालखबरलाई जानकारी दिए। 

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा संसद्मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन सुन्न एमाले तयार भएको छ। सोबारे अध्यक्ष ओलीले संसदीय दलको बैठकमा ब्रिफिङ गर्दैछन्।

सोमबार ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। बैठकमा एमालेको भूमिकाबारे ओलीले सांसदहरूसँग छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .