ad ad

राजनीति


भारत र चीनसँग नेपालको सम्बन्ध एकअर्कामा तुलना गरेर हुँदैन : परराष्ट्र मन्त्री

भारत र चीनसँग नेपालको सम्बन्ध एकअर्कामा तुलना गरेर हुँदैन : परराष्ट्र मन्त्री

फाइल तस्बिर


नेपालखबर
असार २५, २०८० सोमबार १७:८, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन्।

संसद्‍को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका हुन्। 

एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। 

‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रुपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरुको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’

छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले परदर्शी रुपमा आफ्ना सरोकार राख्नुपर्ने बताए। 

‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले भने, ‘पारदर्शी रुपले आफ्ना कन्सर्न राख्नुपर्छ।’

भारतसँगको सम्बन्ध ऐतिहासिक र विशिष्ट रहेको भन्दै साउदले खुला सिमाना, दुईतिहाइ व्यापार, पारवहन सुविधाका दृष्टिले पनि महत्वपूर्ण रहेको बताए। 

उनले एक चीननीतिमा सरकार प्रतिवद्ध रहेको जिकिर गर्दै मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिनेमा जोड दिए। 

अमेरिका र युरोपियन युनियनसँग विकास सम्बन्धका दृष्टिकोणले महत्वपूर्ण रहेको उनले बताए।

अमेरिका र युरोपियन युनियनबाट अधिकतम् विकास सहयोग परिचालन गर्नुपर्ने आवश्यकता रहेको परराष्ट्रमन्त्री साउदले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .