प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार थालेको भ्रष्टाचारविरुद्धको अभियान जरैसम्म पुर्याउने बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा उनले सरकारको भ्रष्टाचारविरोधी अभियानमा सबै दलको साथ पनि खोजे।
‘सरकार भ्रष्टाचारविरोधी अभियानमा दृढ छ। हामी भ्रष्टाचार र अनियमितताको जरैसम्म पुग्छ’, उनले भने, ‘बरु तपाईंहरु सबैजनाले साथ दिनु होला।’
उनले सम्बोधनका क्रममा सरकार अहिले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरणमा लागिरहेको पनि बताए।
‘सरकार अहिले लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरणमा लागिरहेको छ’, उनले भने, ‘यस अभियानमा सरकार दृढताका साथ लागेको छ। दायाँबायाँ गर्नेवाला छैन।’
39
Shares
प्रतिक्रिया