ad ad

राजनीति


रसियन सेनामा नेपालीहरूको भर्तीबारे सरकारलाई जानकारी छैन : परराष्ट्रमन्त्री

रसियन सेनामा नेपालीहरूको भर्तीबारे सरकारलाई जानकारी छैन : परराष्ट्रमन्त्री

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद।


नेपालखबर
असार २५, २०८० सोमबार १८:१२, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले रुस सेनामा नेपालीहरू भर्ती भएको वा नभएको भन्नेकुरा सरकारलाई जनकारी नरहेको बताएका छन्।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। 

सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएपनि सरकारलाई हालसम्म यसबारेमा कुनै जानकारी नरहेको उनले बताए। 

यसबारेमा जानकारी लिनका लागि सरकारले मस्कोस्थित दूतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिइसकेको पनि बताए। 

‘रसियन सेनामा नेपाली भर्ना सम्बन्धमा अहिले बाहिर मिडियामा आएको कुरालाई लिएर मस्कोस्थित दुतावासमा आवश्यक रिपोर्ट गर्न निर्देशन दिएका छौँ,’ साउदले प्रष्ट पार्दै भने, ‘यसमा कुनै तथ्य, केही अन्तर्राष्ट्रिय मिडिया र केही सामाजिक सञ्जालमा यी कुरा आएपनि वास्तविक तथ्य, यो मान्छे, यो ठेगानाको यसरी यो सेनामा भर्ना भएको छ भन्ने किसिमको आइसकेको छैन। यसमा अध्ययनको चरणमा छौँ।’

मन्त्री साउदले रुस सेनामा नेपालीहरु भर्ती भएको विषय सरकारको अध्ययनको चरणमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .