प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमुक्त देश बनाउने अठोट कुनैपनि हावाहुरीले नरोकिने दाबी गरेका छन्।
आफ्नो अफिसिरयल फेसबुक पेजमा कभर तस्बिर राख्दै उनले सरकार भ्रष्टाचारविरुद्धको महालडाइँमा रहेको बताएका छन्।
‘हामी भ्रष्टाचारविरुद्धको महालडाइँमा छौं। भ्रष्टाचारमुक्त देश बनाउने हाम्रो अठोट कुनैपनि हावाहुरीले रोकिन्नँ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘जति दिन काम गर्छु, देशको माटोलाई शीरमा राखेर जनताका लागि गर्छु।’
पछिल्लो समय सरकारले विभिन्न भ्रष्टाचारका मुद्दामा संलग्नहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। भुटानी शरणार्थी, ललिता निवासको जग्गा लगायतमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका हुन्।
93
Shares
प्रतिक्रिया