ad ad

राजनीति


सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री मोदीले गरे दु:ख व्यक्त

सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री मोदीले गरे दु:ख व्यक्त

नेपालखबर
असार २७, २०८० बुधबार १३:२२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

बुधबार बिहान ट्विटरमार्फत दु:ख व्यक्त गरेका छन्।

'श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु,' उनले भनेका छन्, 'प्रधानमन्त्री दाहालप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु।'

सीताको बुधबार बिहान ८:३३ मा नर्भिक अस्पतालमा मृत्यु भएको हो।

उनको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय खुमलटारमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केही बेरमा पशुपतिनाथस्थित आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .