ad ad

राजनीति


मन्त्री किराँतीको जवाफ - जहाज किन्नु राष्ट्रिय आवश्यकता

मन्त्री किराँतीको जवाफ - जहाज किन्नु राष्ट्रिय आवश्यकता

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १३:४५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताएका छन्। उनले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको जवाफ दिए।

दुर्गम क्षेत्रमा विमानस्थलहरू बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कमीले नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको उनको भनाइ थियो। दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकाले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उनले बताए।

नेपाल वायु सेवा निगमले तीनवटा साना जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी उनले दिए।

आफूले प्रचलित कानून अनुसार नै पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .