धनगढी उपमहानगरपालिकाले 'हाम्रो धनगढी हामी बनाउँछौँ' अभियान चलाइरहेको छ। जसअन्तर्गत उपमहानगरका मेयर गोपाल हमालले दोस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत वृक्षरोपण अभियान चलाइरहेका छन्।
जसअन्तर्गत हालसम्म २० लाख ३० हजार ६५० रुपैयाँ सहयोग प्राप्त भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।
उनले असार २५ गतेदेखि हरियाली अभियान सुरु गरेका हुन्। हमालका अनुसार असार २५ गते ६ लाख ४५ हजार, २६ गते २ लाख ४० हजार, असार २७ ४ लाख ७५ हजार र २८ गते ५ हजार २० हजार र २९ गते १ लाख ५० हजार रकम सहयोग संकलन भएको छ।
धनगढी उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन गर्न र धनगढीलाई पर्यावरणमैत्री बनाउन उक्त अभियान चलाएको हो।
15
Shares
प्रतिक्रिया