ad ad

राजनीति


विश्वविद्यालय ऐनको महत्वलाई सरकारले बुझ्न सकेन : महामन्त्री थापा

विश्वविद्यालय ऐनको महत्वलाई सरकारले बुझ्न सकेन : महामन्त्री थापा

नेपालखबर
असार ३१, २०८० आइतबार १९:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका हुन्। 

उनले सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए।विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्वलाई बुझ्न नसकेको उनको भनाइ छ।

‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन। यो अर्थ मन्त्रालयतिर घुमिरहेको छ। सरकारले यसको महत्वलाई बुझ्न सकेन। सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो,’ सांसद थापाले भने।

विश्वविद्यालयको विधेयकहरु ल्याउँदा कार्यपालिकाले कहीँ कतैपनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा उनले जोड दिए।

‘प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो। उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठन पाठन कसरी बदल्ने? कतिओटा विश्वविद्यालय चाहिन्छ? यी सबैको बारेमा हेर्ने एउटा मौका हो। विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नको निम्ति विश्वविद्यालयका प्राध्यापक, कर्मचारी लगायतकालाई दलिय सदस्यता लिन नपाउने व्यवस्था जुन अहिले छ, हामी गम्भिरतापूर्वक ती कुराहरुलाई अक्षरशः पालना गर्छौं,’ उनले भने, ‘कतिपय भएका कमजोरीहरुलाई सच्याउँछौ पनि। विश्वविद्यालयको विधेयकहरु ल्याउँदै गर्दा कार्यपालिकाले कहीँ कतैपनि, कुनैपनि बाटोबाट हस्तक्षेप गर्न नसक्ने गरीकन बदल्नुपर्छ।’ 

उनले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरुमा जस्तै दलीय भागबन्डा हुन दिनु नहुने बताए।

‘यही आलोकमा अहिले आएको ऐनलाई हेर्नुपर्छ। नविन प्राज्ञिक मान्यता र दृष्टिकोणका साथमा यो आएको छ। जो समाजका व्यक्ति र व्यक्तित्वहरु यो नेपाल विश्वविद्यालय बनाउने पछाडी लाग्नुभएको छ उहाँहरु नेपाली समाजका प्रतिष्ठित नागरिक हुनुहुन्छ,’ उनले भने, ‘पवित्र सोचका साथमा यो अवधारणा लिएर आउनुभयो। एउटा स्वायत्त, सार्वजनिक संस्थाको रुपमा यसलाई विकास गर्ने उहाँहरुले अठोट गर्नुभएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .