ad ad

राजनीति


बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री यादव

बैंकिङ कसुरमा पक्राउ परे लुम्बिनीका पूर्वमन्त्री यादव

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८० सोमबार १३:४, काठमाडौँ

लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन्।

नेकपा एमालेका नेतासमेत रहेका यादवलाई बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार साँझ पक्रा गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यादवलाई पक्राउ गरेर रुपन्देही प्रहरीको जिम्मा लगाइएको जानकारी दिए। 

पूर्व मन्त्री यादवलाई बाँकेको डुडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरिएको थियो।

प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार बैङ कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट जारी भएको पक्राउ पुर्जी प्राप्त भएपछि उनलाई पक्राउ गरेर पठाइएको हो। 

यादवले रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा १० माघ २०७० मा काटेको चेक अनादर भएको थियो।

यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा पर्याप्त मौज्दात नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो।

भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक अनादरको उजुरी दर्ता गरेका थिए। 

यादले नेपाली कांग्रेसबाट राजनीति थालेका थिए। २०७४ को आमनिर्वाचनमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी जसपामा प्रवेश गरेर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

तर जसपाको निर्णयविपरीत दोस्रो पटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन भूमिका खेलेपछि उनी कारबाहीमा परेका थिए। 

पार्टी कारबनहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। तर कारबाहीमा परेपछि उनले प्रदेश सभा सदस्य पद गुमाएका थिए। 

जसपाको कारबाहीमा परेपछि उनी ३१ साउन २०७९ मा जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए। उनी २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित भएका थिए। 

मन्त्री रहेकै बेला यादवलाई २०७९ साउनमा एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बाँकेमा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .