ad ad

राजनीति


एमालेले जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने

एकैलाई दुई कार्यकारी पदले नतिजा राम्रो नभएको निष्कर्ष
एमालेले जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने

एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरु। तस्बिर : राजन काफ्ले


नेपालखबर
साउन १, २०८० सोमबार १८:४५, काठमाडौँ

नेकपा एमालेले कुनै पनि नेतालाई कार्यकारी पदमा दोहोरो जिम्मेवारी नदिने भएको छ।

शनिबार बसेको सचिवालय बैठकले संघीय सांसद, प्रदेश सांसद, पालिका प्रमुख, उपप्रमुख-अध्यक्ष, उपाध्यक्षदेखि वडाअध्यक्षहरुलाई पार्टीको कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको हो।

नयाँ निर्णयअनुसार अब एमालेका कुनै पनि सांसद वा पालिका जनप्रतिनिधि पार्टीको अध्यक्ष र सचिव बन्न पाउने छैनन्। 

एमालेको भदौ मसान्तसम्म प्रदेश कमिटीको अधिवेशन गर्नेगरी कार्ययोजना बनाएको छ। नयाँ व्यवस्था अब लागू हुनेछ। 

‘कार्यकारीको जिम्मेवारी २ ठाउँमा नराख्ने निर्णय भएको हो,’ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालखबरसँग भने, ‘एउटै व्यक्तिले दुई ठाउँमा कार्यकारी जिम्मेवारी लिँदा पर्फमेन्स राम्रो हुन सक्तैन भन्ने निष्कर्ष हो।’

पार्टी संगठनलाई बलियो र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गर्न लागिएको उनले बताएका छन्। 

एमालेले पार्टी सदस्यता नवीकरण गर्ने अवधि थप गरेको छ।

असार मसान्तसम्मबाट साउन १५ सम्म बनाइएको छ।

एमालेको असार ३१ सम्म ४७ प्रतिशतले मात्र सदस्यता नवीकरण गरेपछि समय थप भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .