नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतका संगठनहरूलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित भदौ १५ गतेभित्र पूर्णता दिनुपर्ने प्रस्ताव गरेका छन्।
मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै उनले तदर्थ समितिहरूको पनि पूर्णता दिनुपर्ने बताएका छन्। म्याद सकिएर तदर्थ समिति गठन भएका ६ वटा भातृ संगठनको पूर्णता भर्दाै १५ भित्र हुनुपर्ने प्रस्ताव थापाले बैठकमा राखेका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको पूर्णता भर्दा १५ भित्र हुनुपर्ने उनले बताएका हुन्।
‘सबै भातृ संस्थाहरु जसको म्याद सकिएर तदर्थ समिति गठन गर्यौं तर त्यसले पूर्णता पाएको छैन,’ बैठकमा थापाले भनेका छन्, ‘नेविसंघ लगायतका संगठनहरुलाई ६ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित भदौ १५ सम्म पूर्णता दिने।’
सबै भातृ संगठनले आफ्नो कार्यप्रगति भदौ मसान्तसम्म पेस गर्ने र ३÷३ महिनामा कार्यप्रगति प्रतिवेदन पेस गर्ने पनि उनले बैठकमा प्रतिवेदनमार्फत बताएका छन्।
अवधि सकिएका शुभेच्छुक संस्थाहरुले तीन महिनाभित्र अधिवेशन गर्नेगरी भदौ मसान्तसम्म कार्यतालिका पेस गर्नुपर्ने उनको प्रस्ताव छ।
सम्बन्धित समाचार
- कांग्रेसको बैठक, ११ महिनापछि सानेपामा चहलपहल (तस्बिरहरू)
- सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक (तस्बिरहरू)
- कांग्रेस बैठकमा पावर प्वाइन्टबाट महामन्त्री थापाले प्रस्तुत गरे सांगठनिक प्रतिवेदन
- कांग्रेसले प्रदीप गिरीको सम्झनामा विशेष संवाद चलाउने
- कांग्रेसमा २२ विभाग थप्ने गगनको प्रस्ताव, भदौ १५ सम्म पूर्णता पाउने
Shares
प्रतिक्रिया