ad ad

राजनीति


बनेका संरचना पनि नटिक्ने असारे विकास प्रवृत्ति त्याग्नुपर्छ : प्रधानमन्त्री

बनेका संरचना पनि नटिक्ने असारे विकास प्रवृत्ति त्याग्नुपर्छ : प्रधानमन्त्री

नेपालखबर
साउन ३, २०८० बुधबार ११:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन्।

बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

'बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्दछ,' उनले भने, 'विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्नुहुने मैले विश्वास गरेको छु।'

राजनीतिक परिवर्तनका हिसाबले देश सही मार्गमा रहेको तर नागरिकका अपेक्षा सम्बोधन गर्ने चुनौती अझैँ हामीसामु रहेको उनले बताएका छन्।

सूचना र सञ्चार प्रविधिले साघुरिँदै गएको विश्वमा चाहेजस्तो सुविधा नपाउँदा बौद्धिक पलायनको खतरा हुने र देशले अहिले त्यसैको सामना गरिरहेको उनले बताए। यस्तो अवस्थालाई रोकेर देशमै रोजगारी र अवसरको सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने बेला आएको भनाइ उनले राखे।

 

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको पनि उनले बताएका थिए। 'सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .