ad ad

राजनीति


संसद् प्रभावकारी नभए व्यवस्थामै प्रश्न उठ्न थाल्छ : राष्ट्रियसभा अध्यक्ष

संसद् प्रभावकारी नभए व्यवस्थामै प्रश्न उठ्न थाल्छ : राष्ट्रियसभा अध्यक्ष

नेपालखबर
साउन ५, २०८० शुक्रबार १७:५१, काठमाडौँ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद् प्रभावकारी हुन सके मात्रै व्यवस्था पनि बलियो हुने बताएका छन्।

काठमाडौंको चन्द्रागिरीमा शुक्रबार आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘संसदलाई प्रभावकारी बनाउन सभा सञ्चालन गर्ने निष्पक्ष र प्रभावकारी हुनुपर्छ। सांसदहरूलाई सिर्जनात्मक बनाउनुपर्छ’, उनले भने, ‘संसद सदस्यहरूको भूमिका प्रभावकारी बनाउन सभामुख(उपसभामुखको भूमिका हुन्छ।’

उनले अझै पनि सांसदहरूमा बोलेर केही नहुने धारणा रहेको बताए।

‘अझै पनि सांसदहरूमा बोलेर केही हुँदैन, मन्त्री र सरकारले सुन्दैनन् भन्ने छ’, उनले भने, छहामीले त्यस्तो पर्न दिनु हुँदैन। संसद जति प्रभावकारी भयो, व्यवस्था उति बलियो हुन्छ। संसद् प्रभावकारी नभए व्यवस्थामै प्रश्न उठ्ने अवस्था आउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .