ad ad

राजनीति


सत्ता नपाएर विपक्षीहरु रन्थनिए, सेना र विदेश सम्बन्धमा प्रहार गरे : परराष्ट्रमन्त्री

सत्ता नपाएर विपक्षीहरु रन्थनिए, सेना र विदेश सम्बन्धमा प्रहार गरे : परराष्ट्रमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १३:५५, काठमाडौँ

परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले विपक्षी दलहरुबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन्। 

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले आइतबार सत्ता नपाएपछि विपक्षी दलहरुले सेना, परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार गरिरहेको बताएका हुन्। 

विपक्षमा रहेका दलहरु सत्ता नपाएपछि रन्थनिएका जस्तो अवस्थामा देखिएका पनि टिप्पणी गरे। 

‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरुले आक्रमण गरिराखेका छन्। मुलुकको असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको छ,’ साउदले भने, ‘उनीहरु सत्ता नपाएर बौखलाएको जस्तो अवस्था अहिले देखिएको छ।’ 

उनले सत्ता साझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नु पर्नेमा पनि जोड दिए। 

‘नेपाली कांग्रेस ठिक बाटोमा छ। ठिक ट्रयाकमा छ,’ साउदले भने, ‘यो ठिक ट्रयाकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .