नेकपा एमालेले उपप्रधान ततथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नआाएसम्म संसद चल्न नदिने निर्णय गरेको छ।
बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टी उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालखबरलाई जानकारी दिए।
‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय भएको छ,’ नेम्वाङले नेपालखबरसँग भने, ‘सय किलो सुन प्रकरणमा उच्चस्तरीय सेटिङ भएको भन्दै एमालेले राजस्वलाई आउने सूचना सरकार र गृहमन्त्रीलाई थिएन? यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं।’
उच्चस्तरीय छानबिन समिति गठन गरेर यथार्थ जानकारी छुट्याउनुपर्ने बैठकमा निर्णय भएको उनले बताए।
‘दुधको दुध पानीको पानी छुट्याइनुपर्छ,’ नेम्वाङले भने, ‘यो प्रकरणमा स्ट्रिक्ली र स्टङ्ग्ली जाने निर्णय गरेका छौं।’
33
Shares
प्रतिक्रिया