बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदीको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।
मंगलबार नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरू भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको वहाव बढेपछि भंगालोमा फसेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्वार सामग्रीसहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्वार गरेको एपीएफले जनाएको छ।
24
Shares
प्रतिक्रिया