संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ।
यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने तयारी छ।
प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारका लागि संवैधानिक परिषद्को बैठक राखेका थिए।
छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।
अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला गरिएको हो।
यो संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ। वरीयताक्रममा अगाडि रहेका उनले हरिकृष्ण कार्कीलाई प्रतिष्थापन गर्ने छन्।
Shares
प्रतिक्रिया