ad ad

राजनीति


केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने निर्णयबाट ‘ब्याक’ भयो माओवादी

केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्ने निर्णयबाट ‘ब्याक’ भयो माओवादी

नेपालखबर
साउन १७, २०८० बुधबार १०:४९, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले आज सुरु हुने केन्द्रीय समितिको बैठक प्रत्यक्षण प्रसारण (लाइभ) नगर्ने भएको छ। 

यसअघि गत सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पहिलोपटक केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको थियो। 

तर आज बिहान पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णय गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। यसअघि त्यहीँ माओवादीको पदाधिकारी बैठक बसेको थियो।

आज प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक पनि सुरु गर्ने तयारी माओवादी केन्द्रले गरेको छ। 

त्यसकै एजेन्डाबारे छलफल गर्न माओवादी केन्द्रले आज लगातार पदाधिकारी र स्थायी समितिका बैठक राखेको हो। 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक १३ महिनापछि आज बस्न लागेको हो।

केन्द्रीय समिति बैठकका लागि गत सोमबार बसेको माओवादी पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ।

जसअनुसार नेताहरूको जिम्मेवारी बाँडफाँट, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, सदनलगायत एजेन्डा छन्। 

केन्द्रीय समिति बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन्। त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १०० जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने माओवादी केन्द्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .