नेकपा माओवादी केन्द्रको अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मलाई नयाँ जिम्मेवारी दिइने भएको छ।
अध्यक्ष प्रचण्डले जिम्मेवारीबारे प्रस्ताव गरेका हुन्।
पार्टी अध्यक्षले समग्र पार्टी नेतृत्व गर्दा उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी दिने, महासचिव र उपमहासचिवलाई जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरुलाई प्रदेशको समन्वय गर्ने प्रस्ताव गरिएको छ।
केन्द्रीय सदस्यलाई वडा तहको इन्चार्ज बनाउने प्रस्ताव छ।
माओवादीले तीन महिनाको संगठन सुदृढीकरण अभियान गर्ने भएको छ।
81
Shares
प्रतिक्रिया