ad ad

राजनीति


रास्वपा केन्द्रीय विभागको पदाधिकारी, सदस्य वा प्रमुख बन्न स्नातकोत्तर गरेको हुनुपर्ने

यस्ता छन् प्रदेश र पालिकाका विभागका लागि तोकिएको मापदण्ड
रास्वपा केन्द्रीय विभागको पदाधिकारी, सदस्य वा प्रमुख बन्न स्नातकोत्तर गरेको हुनुपर्ने

नेपालखबर
साउन १८, २०८० बिहिबार २१:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागका पदाधिकारी, सदस्य एवं प्रदेश विभाग प्रमुखका लागि मापदण्ड तय गरेको छ। बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले केन्द्र, प्रदेश र पालिकाका विभागहरूको मापदण्ड तोेकेको हो। 

रास्वपाले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उतीर्ण हुनुपर्ने योग्यता तोकेको महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए। 

उल्लेखित पदका लागि स्नातकोत्तर उतीर्ण हुनुपर्ने, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको छ।

त्यस्तै, प्रदेश विभागका पदाधिकारी र सदस्यको लागि स्नातक उतीर्ण हुनुपर्ने मापदण्ड बनाइएको ढकालले जानकारी दिए। 

प्रदेश विभागका लागि स्नातक उतीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड रास्वपाले बनाएको छ। 

पालिका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उतीर्ण, विभाग अनुसारको क्षेत्रमा २ वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको पनि उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .