पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार बिहानै सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्मासँग चिया खाएको तस्बिर सार्वजनिक गरेका छन्।
उनले आजको ‘गुड फ्राइडे’को सुरुवात त्यही तस्बिरबाट घोषणा गरेका छन्।
भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा ओलीले कलाकार विश्वकर्मासँग चिया पिएका हुन्।
ओलीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी! तपाईंहरू पनि चियाको आनन्द लिनुस् है! Good Friday !!!’
तर उनले भेटघाटको सन्दर्भ र समय खुलाएका छैनन्।
342
Shares
प्रतिक्रिया