ad ad

राजनीति


ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी : पूर्वपरराष्ट्रमन्त्री आचार्य

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी : पूर्वपरराष्ट्रमन्त्री आचार्य

नेपालखबर
साउन १९, २०८० शुक्रबार २०:५१, काठमाडौँ

पूर्वपरराष्ट्र मन्त्री निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसकेको भन्दै गुनासो गरेका छन्।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

उनले सिमा व्यवस्थापन मात्रै नभएर नेपालको भौगोलिक कालापानी, लिपुलेक लगायतमा विवाद रहेको बताउनु भयो। उहाँले दुई देशबीच ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरे पनि संयन्त्रको बैठक एकपटक बस्न नसकेको बताए। 

‘सीमा व्यवस्थापन होइन की हाम्रो भौगोलिक सिमाहरूको जहाँ जहाँ समस्याहरू (कालापानी, लिपुलेक लगायत) छन्। ठूला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरेका छौं दुई देशका बीचमा,’ उनले भने, ‘तर, संयन्त्रको बैठक एकपटक पनि बस्दैन। संयन्त्र गठन मात्रै गरेर भएन। भारतको सुरक्षा भारतको जिम्मेवारी हो तर, हाम्रो तर्फबाट नकारात्मक प्रभाव पर्न दिँदैनौं। यसमा त नेपालनै सजग छ त।’

उनले भारतको सुरक्षा भारतको जिम्मेवारी भएको भन्दै नेपालबाट नकारात्मक प्रभाव पर्न नदिने विषयमा सजक रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .