नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संकट आइपर्दा आफू सधैं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा रहेको बताएका छन्।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै शर्माले अध्यक्ष प्रचण्डलाई सहयोग नगरेको भन्दै नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिएको बताए।
‘कुनैपनि संकट आइपर्दा सधैं अध्यक्षको पक्षमा खडा भएकै छु, कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि,’ आफ्नो असन्तुष्टि पोख्दै शर्माले भने, ‘तर, त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ।’
साथै, उनले अध्यक्ष प्रचण्डले आफूले कु चाहीँ अप्ठ्यारोमा मोडमा समर्थन नगरेको हो? भन्ने पनि भन्नुपर्ने बताए।
‘अध्यक्ष कमरेडले भन्नुपर्यो, कुन चाहिँ अप्ठ्यारो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन?’ उनले भने।
सरकारले गरेका कामको आफूले खुला दिलले समर्थन गरेको सुनाउँदै बैठकममा शर्माले सरकारले आँट र हिम्मत भनेको शुद्धीकरणको महान् थालनी रहेको बताए।
Shares
प्रतिक्रिया