ad ad

राजनीति


देउवाले दिए सरकार ढाल्ने चेतावनी

देउवाले दिए सरकार ढाल्ने चेतावनी

नेपालखबर
असार १३, २०७६ शुक्रबार ९:५५,

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढल्ने चेतावनी दिएका छन्।

शुक्रबार कांग्रेस निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र ढालेको कांग्रेसलाई ओली सरकार ढाल्न कुनै समस्या नहुने बताए। ‘लोकतन्त्रको लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या छैन’, सरकारप्रति आक्रमक रुपमा प्रस्तुत भएका पूर्वप्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्रमाथि आक्रमण कांग्रेसले हेरेर बस्न सक्दैन।’

सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान दोहो¥याए। मिडिया विधेयकले पत्रकारलाई नियन्त्रित गर्ने भन्दै उनले कांग्र्ेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाई थियो।

सरकारले कांग्रेस निकट कर्मचारीहरुलाई धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे। उनले वर्षौदेखि स्थानीय तहमा काम गर्दैै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले वाईडबडी विमान काण्डमा भएको भ्रष्टाचार छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई दबाब दिए। उनले भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराए।

नेता पौडेलले राजनीतिक पूर्वाग्रह साँधेर कर्मचारीमाथि भेदभावको नीति नलिन पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .