ad ad

राजनीति


मेडिकल कलेजलाई सम्बन्धन दिन संसदमा दबाब

मेडिकल कलेजलाई सम्बन्धन दिन संसदमा दबाब

नेपालखबर
माघ ६, २०७६ सोमबार ९:५,

राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पुरा भएपनि सम्बन्ध नपाएको भन्दै गुनासो गरे। मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्ध नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको आरोप लगाए। झापाको बि एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि किन सम्बन्ध नपाएको भन्दै गुनासो समेत गरे।

उनले भने, ‘मेडिकल कलेजहरुलाई किन सम्बन्धन दिन सकेका छैनौं? सरकारले कलेज बना भन्छ। कलेज बनाउँछन् सबै पूर्वाधार तयार हुन्छन् तर ५, ६ वर्षसम्म सम्बन्ध पाएका छैनन्। सम्बन्धन दिने कुरामा सरकार मौन बसेको छ। झापाको वि एण्डसी कलेज कहिले के विवाद भएको । कहिले मन्त्रीको राजीनामा भएको छ। पूर्वाधार राम्रो छ तर सरकारले वर्षौसम्म पनि सम्बन्धन दिन सकेको छैन। किन्?’

हरेक वर्ष कलेजहरुले राजस्व बुझाउँदै आएको भएपनि सरकारले सम्बन्धन दिने कुरामा मौनता कायम गरेको उनको आरोप छ। हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थीहरु बंगलादेश, पाकिस्तान चीन लगायतका मुलुकमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको उल्लेख गरे। सिवाकोटीले ठूलठूला भवन निर्माण भएपनि सम्बन्ध पाएर पढाई सञ्चालन नहुँदा मेडिकल कलेजहरु मसानघाट जस्ता भएको उनको भनाई छ।

सांसद नन्दा चपाईंले देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन्। उनले भनिन, ‘उद्योगहरुको सञ्चालन, मजदुरहरुको व्यवस्थान, ज्याला मजदुरीको भुक्तानीका लागि सरकारको ध्यान जान जरुरी छ। वीरगञ्ज चिनी कारखाना बन्द भएको अवस्थामा सरकारले चाँडै सञ्चालन गर्ने भनेको थियो। तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन्। के प्रगति भइरहेको म बुझ्न चाहान्छु।’

सांसद तारादेवी भट्टले सरकारले संघीयता कार्यान्वयनमा दतारुकता नदेखाएको आरोप लगाएकी छन्। तीनवटा तहमा सुविधा जनक बहुमतका साथ सरकार सञ्चालन भएपनि तालमेल भने हुन नसकेको उनले बताइन्। उनले भनिन्, ‘अख्तियारले स्थानीय तहहरुमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। डोजर चलाएर प्राकृतिक स्रोतको दोहोन भएको देखिन्छ। क्रसर उद्योगहरु अनाधिकृत रुपमा सञ्चालनमा छन्। गुण्डा शैलीमा मान्छे मार्ने क्रम कहिले रोकिने हो? सरकारलाई प्रश्न गर्न चाहान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .