ad ad

राजनीति


रोल्पा बस दुर्घटनाका घाइतेको उपचार गर्न र मृतकका परिवारलाई राहत दिन वर्षमान पुनको आग्रह

रोल्पा बस दुर्घटनाका घाइतेको उपचार गर्न र मृतकका परिवारलाई राहत दिन वर्षमान पुनको आग्रह

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८० बुधबार ९:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृहजिल्ला रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएकामा दुःख व्यक्त गरेका छन्। 

पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठूलो मानवीय क्षति भएकामा मर्माहत भएको उल्लेख गरेका हुन्। 

पुनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा परेका परिवारमा समवेदना व्यक्त गरेका छन्। 

पुनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत गरेका छन्।

उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन्।

रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्नाका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन्। 

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस दुर्घटना मंगलबार त्रिवेणी गाउँपालिका–७ रिचीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको मृत्यु भएको हो।

दुर्घटनामा ११ महिने शिशुसहित १५ जना घाइते भएका छन्। प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .