ad ad

राजनीति


ओलीको आक्रोश : सरकार यति नालायक र अयोग्य छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो

ओलीको आक्रोश : सरकार यति नालायक र अयोग्य छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओली। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन २८, २०८० आइतबार १४:८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को काण्ड दोहोरिइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी छाड्न ढिला गरिरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सरकारको विरोध गर्ने सबैलाई तह लगाउन खोजिएको भन्दै आक्रोश पनि पोखेका छन्। 

‘प्रधानमन्त्री यति नालायक अयोग्य सरकारको नेतृत्व गरिरहनु भएको छ। उहाँले आफैं राजीनामा दिनुपर्ने हो’, उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्री राजीनामा नदिई कसरी पदमा बस्न सकेका हुन्र? गृहमन्त्रीले जिम्मेवारी बिल्कुलै बहन नगरेर राष्ट्रिय झन्डा हल्लाएर हिँड्न अफ्ठेरो लाग्नुपर्ने हो।’

तर उनले प्रचण्डका लागि यस्ता कुरा पाच्य भइसकेको पनि टिप्पणी गरे। ‘बानी परेपछि घिन लाग्दैन, लाज लाग्दैन’, उनले भने, ‘गृह र अर्थमन्त्री त अहिले पनि झन्डा हल्लाएर हिँडेका छन्। नैतिकता भन्ने अलिकति पनि रहेनछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .