कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारको खोजी गरेको छ।
सोमबार बसेको प्रदेश सभाको ३०औँ बैठकमा एमालेले सरकारको खोजी गरेको हो।
उक्त बैठकमा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकार कहाँ छ सरकारको खोजी गरे।
उनले भने, ‘प्रदेश सरकार विपद्को समयमा अभिलेखमा मात्र सीमित रहेको छ। त्यसैले आज यहाँ सरकारको खोजी गर्न आएको छु। ‘अभिलेखमा सरकार त होला व्यवहारमा खै?’
कँडेलले संसदमा जनताका जनजीविकाका विषय छलफल गर्नुपर्ने भएपनि त्यसतर्फ सरकारले कुनै चासो नदिएको बताए।
‘पछिल्लो समय अविरल वर्षा भइरहेको छ। राजधानीमा सबै मन्त्रीदेखि सांसदसम्म छन्। तर, कांक्रेविहारदेखि तल्तिरको भाग डुबानमा छ। समस्या समाधानका लागि सरकारको ध्यान खै?’, उनले भने।
यस्तै, नेता कँडेलले प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयकै कारणले एरपोर्ट डुबानमा परेको आरोप लगाए।
बाढी पहिरो, डुबान र नागरिक उड्ययन प्राधिकरणका कारण कर्णालीका हिमाली जिल्लाले भोग्नुपरेको पीडाबारे सरकारको ध्यानाकर्षण गराए।
साथै उनले जनताको पक्षमा रहेर सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप समेत लगाएका छन्।
Shares
प्रतिक्रिया