ad ad

समाज


कागबेनी बाढीपीडितलाई गण्डकी सरकारले पठायो राहत

कागबेनी बाढीपीडितलाई गण्डकी सरकारले पठायो राहत

नेपालखबर
साउन २९, २०८० सोमबार १६:३७, पोखरा

गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुड मुक्तिक्षेत्र गाउँपालिका कागबेनीका बाढी प्रभावितहरुको लागि राहत सामग्री पठाउने निर्णय गरेको छ। 

प्रदेश सरकारले गएराति आएको बाढीबाट विस्थापितहरुको लागि आवश्यक पर्ने टेन्ट, त्रिपाल, ब्ल्याङ्केटसहितका सामग्री पठाउने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

सोमबार बिहान बसेको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले ३ हजार लिटर डिजेलसमेत  म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ।

मौसम प्रतिकूल भएकाले ती सामग्रीहरु ट्रयाक्टरमार्फत् पठाइएको पनि मुख्यमन्त्री कार्यालयको भनाइ छ। 

मुस्ताङमा अहिले इन्धनको अभाव छ। जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले  राहत व्यवस्थापन र बाढीबाट भत्किएको संरचना व्यवस्थित गर्ने उपकरणका लागि इन्धन अभाव भएको जानकारी गराएको थियो।

प्रदेश सरकारले बाढी पहिरो प्रभावित  क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरुमा गण्डकी प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, श्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशनसमेत गरेको छ। 

बारागुङ मुक्तिक्षेत्र ४, कागबेनीमा गएराति आएको बाढी बस्तीमा पसेको छ। बाढीले खोला छेउछाउमा रहेका २० भन्दा बढी घर-होटल भत्काएको छ।

बाढीले पुललगायतका भौतिक संरचनामा क्षति पुर्‍याएको छ। कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिँदा खोला बस्तीमा पसेको स्थानीयले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .