ad ad

राजनीति


कोशीमा एमाले र राप्रपासँग सहकार्य प्रस्ताव, मुख्यमन्त्रीले खोजे दुवै दलको समर्थन

कोशीमा एमाले र राप्रपासँग सहकार्य प्रस्ताव, मुख्यमन्त्रीले खोजे दुवै दलको समर्थन

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १७:३२, विराटनगर

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विश्वासको मत मागेका छन्।

दुवै विपक्षी दलहरुलाई पत्र लेख्दै थापाले आइतबार विश्वासको मत मागेका हुन्। थापाले सोमबार विश्वासको मत लिने तयारी छ। 

एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री थापाको पत्र आएको बताए। उक्त पत्रमा सहकार्य गरेर अघि बढ्न आग्रह गरिएको भण्डारीले बताएका छन्। 

भण्डारीले एमाले अहिलेको सरकारलाई समर्थन दिएर जाने पक्षमा नरहेको बताए। 

मुख्यमन्त्रीको पत्र आएपछि त्यसबारे छलफलका लागि सोमबार संसदीय दलको बैठक राखिएको भण्डारीले बताए। 

उनले उपसभामुख सिर्जना दनुवारलाई राजीनामा दिन तथा बैठकमा नआउन दबाब नदिने पनि बताए। मुख्यमन्त्री थापाले गत साउन १६ गते दोस्र पटक शपथ लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .