ad ad

राजनीति


विप्लव नेकपाले एमसीसी कार्यान्वयन हुन नदिने, आन्दोलनको घोषणा

विप्लव नेकपाले एमसीसी कार्यान्वयन हुन नदिने, आन्दोलनको घोषणा

नेपालखबर
भदौ ५, २०८० मंगलबार १८:७, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन हुन नदिने घोषणा गरेको छ।

एमसीसी कार्यान्वयन गर्ने दिन नजिकिँदै जाँदा नेकपाले त्यसलाई अवरोध गर्न आन्दोलनको घोषणा गरेको छ।

एमसीसी परियोजना नेपालमा बसेर चीन घेर्ने अमेरिकी रणनीति भएको उल्लेख गर्दै नेकपाले एमसीसी कार्यानवयन हुन दिए नेपाल अमेरिकी सैन्य अखाडा हुनुका साथै ‘युक्रेन’ बन्ने चेतावनी दिएको छ।

संसदले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेको स्मरण गर्दै नेकपाले एमसीसी कार्यान्वयन हुन कम्तिमा ती १२ बुँदा सच्याउनुपर्ने स्पष्ट देखिएको बताएको छ।

एमसीसी रोक्न सो दलले अन्तरक्रियादेखि जनप्रदर्शनसम्मका कार्यक्रम तय गरेको छ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा घोषित कार्यक्रम अनुसार एमसीसीको पुत्ला दहन, एमसीए प्रमुखको पुत्ला दहन, देशब्यापी जनपदर्शन, अन्तरक्रिया कार्यक्रम लगायत तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .