ad ad

राजनीति


धनकुटाको चौबीसेमा युवा संघका अध्यक्ष थेबेमाथि पहिचानवादीको ढुंगामुढा

धनकुटाको चौबीसेमा युवा संघका अध्यक्ष थेबेमाथि पहिचानवादीको ढुंगामुढा

फाइल तस्बिर


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १५:५२, काठमाडौँ

 प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेमाथि धनकुटामा आक्रमण भएको छ।

सत्तारुढ जनता समाजवादी पार्टीनिकट कार्यकर्ता र आफूलाई पहिचानवादी बताउनेहरुको समूहले थेबेमाथि ढुंगामुढाग गरेको युवा संघले जनाएको छ। 

युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबिसे गाउँपालिका गइरहेका थेबेमाथि ढुंगामुढासहित आक्रमण प्रयास भएकव हो। 

युवासंघका एकजना नेता निरोज पौडेलले जसपा नेता आङकाजी शेर्पाको योजनामा आक्रमण प्रयास भएको बताए। उनले यस्तो अराजक समूहमाथि कारबाही नचलाए प्रतिकार थाल्ने पनि बताएका छन्। 

जसपासहित आफूलाई पहिचानवादी भनिने समूहले थेबेलाई धनकुटा छिर्न नदिने भन्दै सामूहिक विज्ञप्ति निकालेका थिए। 

युवा संघले आफूहरुमाथिको आक्रमणलाई सत्ताको संरक्षणमा भएको नियोजित घटना भन्दै प्रतिरोधमा उत्रिन बाध्य नबनाउन पनि भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .